पोखरामा रविले भने- 'टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु'

पाेखरा | साउन ७, २०७९

पोखरामा रविले भने-  'टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु'

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजित गण्डकी प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा पार्टीका सभापति रवि लामिछानेले आम, सर्वसाधरणको जीवन बदल्न राजनीतिमा आएको बताएका छन् । 

 

प्रदेशका प्रायः सबै जिल्लाबाट पोखरा सभागृहमा भेला भएका सहभागीबीच अध्यक्ष रविले भने, ‘म टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु ।’ पार्टी स्थापनालगत्तै ‘यसलाई राजनीति गर्न आउँदैन’ भनि गरिएको आलोचनाको जवाफ दिँदै लामिछानेले ‘मलाई राजनीति गर्न आउँदैन तर विदेशमा दुख पाएकाहरुको घाउमा मल्हम लगाउन आउँछ’ भनेका छन् । 

 

सम्बोधनको सुरुवातमै पोखराले धेरै माया र प्रेरणा दिएको भन्दै उनले भने ‘नमस्कार, मलाई यही आँखाले हेरिरहनुहोला ।’

 

‘स्वतन्त्र पार्टीको वाद के हो ? भनि सोधिएको प्रश्नको उत्तरसमेत उनले पोखराबाट जवाफ दिन भ्याए । ‘संवैधानिक समाजवाद’, रविको जवाफ छ ।  उनले न्यायमा आम जनताको पहुँच नभएको भन्दै राजनीतिक दलको कोटाबाट न्यायाधीश नियुक्त गर्ने परिपाटीको विरोध गरे । 

 

उनले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न सकेनन् भन्दै प्रश्नसमेत गरे । 

 

अब प्रश्न सोध्ने कामबाट बिदा लिएको भन्दै अब जवाफ दिने ठाउँमा जाने यात्रा सुरु गरेको भन्दै प्रदेशवासीलाई साथ र समर्थन गर्न आग्रह गरे । 

 

उनले सम्बोधनको अन्त्यमा आगामी चुनावमा पार्टीलाई भोट दिन आग्रह गर्दै भने, ‘तपाई अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं ।’

 

पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ । 

 

 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्